शुक्रबार, बैशाख १४, २०८१

मधेस प्रदेशमा यादव,सुदूरपश्चिममा रावल र कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री नियुक्त

 काठमाडौं पुस २७,
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । आज यादवलाइ प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई पालको संविधानको धारा १६८ को उपधारा २ बमोजिममुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी प्रस्तुत गरेका थिए ।

यसैवीच प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त गर्नुभएको छ। मुख्यमन्त्रीमा नियुक्त रावललाइ एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाइ नियुक्त गर्नुभएको छ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त शर्मालाइ नेकपा एमाले , राप्रपा र नेकपा एकीकृत समाजवादी लगायतका पार्टीको समर्थन रहेको छ । कुल ४० सदस्यीय रहेको प्रदेश सभामा सरकार गठनका लागि आवश्यक २१ सिट मध्ये माओवादीका १३, एमालेका १०, राप्रपाका १ र नेकपा एसका१ जना सांसद रहेका छन् ।त्यस्तै यस प्रदेशको नेतृत्वमा नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।