शनिबार, बैशाख ८, २०८१

प्र.म. प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

 काठमाडौं पुस २७,

प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार संसद बैठकबाट विश्वासको मत पाएसंगै आज आज साँझ सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका समसामयिक विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , रास्वपा , राप्रपा , जसपा नेपाल, लोसपा , नेकपा एस, नाउपा , जनमत पार्टीसंगै स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका थिए।