शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री प्रचण्डले आज संसद बैठकबाट विश्वासको मत लिँदै

काठमाडौं पुस २६,
नेकपा एमाले सहित ७ दलको समर्थनमा संविधानको धारा ७६ को २ अनुसार मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्त हुनुभएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आव संसद बैठकबाट विश्वासको मत लिने भएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १५२ को उपनियम १ बमोजिम प्रस्तावको सुचना दिनु भएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक बस्दै छ ।

यसैवीच प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभएको छ ।