शनिबार, बैशाख ८, २०८१

बागमतीको मुख्यमन्त्रीमा जमकट्टेल र गण्डकी प्रदेशमा अधिकारी नियुक्त

काठमाडौं पुस २५,

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेललाई नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एक सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा जमकट्टेललाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एसका सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले समर्थन गरेको हो ।

यसैवीच गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त गर्नुभएकोछ । अधिकारीलाई संविधानको धारा, १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।