शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ पुस २४,

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले आज जारी सूचनमा उल्लेख गरिएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले वाणिज्य तथा आपूर्ति सचिव एवम् नेपाल आयल निगमका अध्यक्षलाई ठाडो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन अनुसार निगमले मूल्य घटाएको जारी सूचनामा उल्लेख गरेअनुसार इन्धनको घट्दो मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेल १७२ रुपैयाँ पुगेको छ भने निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय यथावत राखेको छ ।