शुक्रबार, चैत्र १६, २०८०

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कार्की नियुक्त

काठमाडौ पुस २४,

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो ।

९३ सदस्यीय प्रदेशसभाको मुख्यमन्त्रीका लागि कार्कीले मुख्यमन्त्रीका लागि प्रस्तुत दावीमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन दावी पेस गरेका थिए ।