शुक्रबार, चैत्र १६, २०८०

राहदानी विभागको सर्भर सिस्टममा देखिएको समाधानभएसंगै सेवा सुचारु

 काठमाडौ पुस २४,

राहदानी विभागको सर्भर सिस्टममा देखिएको समाधान भएको छ । गत पुस १९मा विभागका सिस्टममा समस्या आएसंगै विभागका निर्देशक द्रुपदा सापकोटाले राहदानीसम्बन्धी सेवा वितरण रोकिएको सूचना विभागले जारी गरेको थियो ।

राहदानीसम्बन्धी सेवा वितरणमा समस्या आए लगत्तै प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा देखिएको समस्या हलगरेपछि सेवा सुचारु भएको हो

समस्या समाधान भएसंगै विभागका निर्देशक द्रुपदा सापकोटाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै “विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा पुस १७ गतेदेखि आएको सुस्तता हाल समाधान भएको र आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज प्राप्त गरेपछि राहदानीका लागि सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।

त्यस्तै विभागले राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।