बिहिबार, बैशाख १३, २०८१

पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र फर्किँदैन : बास्कोटा

काठमाडौ पुस २४,
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्। पूर्व सञ्चारमन्त्री समेत रहेको नेकपा एमालेका सासंद बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान दिदैंमा राजतन्त्र नफर्कने जनाउ दिएको हो ।

स्मरण रहोस, सत्ता गठबन्धनले आफ्नो १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन ९पृथ्वीनारायण शाहको जन्मदिन०, पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख गरेका छन ।

सरकारको न्यूनतम साझा कार्यक्रम विदा सम्बन्धि नितिगत निर्णय गरेसंगै बास्कोटाले आफ्नो सामाजीक सञ्जाल ट्विटरमार्फत ‘यहाँ उस्तै परे फेवररी १४ ९भ्यालेन्टाइन डे०मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन, उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइनभन्ने आलोचनात्मक विचार अभिव्यक्त गर्नुभएको हो ।

यसअघि पुस २७ मा मनाइने पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा सहित राष्ट्रिय एकता दिवस मनाइने गरिथ्यो । तर केहि समय अघिदेखि पृथ्वीजयन्तीको दिनमा दिदै आएको सार्वजनिक विदा कटौती गरिएको थियो ।