मङ्लबार, बैशाख ११, २०८१

कार्यदलले बुझायो शीर्ष नेतृत्वलाइ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौ पुस २३,
सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओली, उपप्रधा तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्षनेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा मुलत सरकार सञ्चालनको क्रममा निर्वाह गरिनु पर्ने कार्यविधिका साथैै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलकाको भनाइ रहेको छ।

 सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।  फोटो: सामाजीक सञ्जाल