काठमाडौँ पुस २४,
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ ।
जसपाले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गरिएकोछ ।
त्यस्तै विज्ञप्तिमा आइतबार पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्ने समेत उल्लेख गरिएको छ।