बिहिबार, चैत्र १५, २०८०

नेवाः पत्रकार दबूको केन्द्रीय सदस्यमा फोटो पत्रकार प्रधान

काठमाडौं पुस २४,
नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

दबूकोको नव निर्वाचित कार्यसमिति सदस्यमा उपत्यकाबाट यस कान्तिपुर हटलाइन डटकमका फोटो पत्रकार अनुप प्रधान लगायतका सञ्चारकर्मीहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नव निर्वाचित केन्द्रीय सदस्य प्रधान विगत एकदशक देखि निरन्तर नेपाली पत्रकारिता जगतमा क्रियाशील रहेका छन । यसै अवसरमा प्रधान लगायत निर्वाचित सिङ्गो कार्यसमितिको सफलताको लागि कान्तिपुर हटलाइनको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।