बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको महामन्त्री शर्माको प्रष्टोक्ति

काठमाडौं पुस २२,
नेपाली कांग्रेसले वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताउनुभएको हो ।

त्यस्ते महामन्त्री शर्माले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने जनाउ दिनुभयो ।

साथै आजको बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र पुस २८मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकका विषयमा छलफल भएको जानकारी समेत दिनुभयो ।

स्मरण रहोस , केहि दिन यता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेस सभापति देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको चर्चाले मुलुकको राजनैतिकवृत गर्माएको थियो ।