शुक्रबार, बैशाख ७, २०८१

पुस २७ गते सार्वजनिक विदा घोषणा गर्दै राष्ट्रिय एकता दिवस मनाउन महासंघको माग

काठमाडौं पुस २२,
विश्व हिन्दूमहासंघले आगामी पुस २७ गते राष्ट्र निर्माता श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको ३०१औ जन्म जयन्ती विगतका वर्षमा जस्तै भव्य र सब्य रुपमा मनाउँने निर्णय गरेको छ।

महासंघका कावा अध्यक्ष अस्मिता भण्डारीले आज जारी गर्नुभएको ५ बुँदे प्रेस विज्ञप्तिमा पुस २७ गते सार्वजनिक विदा घोषणा गर्दै पृथ्वी जयन्तीलाइ राष्ट्रिय एकता दिवसको रुपमा मनाउन नेपाल सरकारसंग माग गर्नुभएको छ ।

त्यस्ते विज्ञप्तिमा आधुनिक नेपाल राष्ट्रको निर्माता शाहको तस्वीर अंकित नेपाली नोटको मुद्रण र हुलाक टिकटको प्रकाशनसंगै उहाँको दिव्य उपोदेशलाइ पाठ्यक्रममा समावेस गर्न समेत माग गर्नुभएको छ।

साथै दिवसको अवसरमा महासंघले पुस २४ गते प्रवचन गोष्ठिको आयोजना गर्ने जानकारी संगै पुस २७ गते विहान १० ३० बजे मुलुकको प्रशासनिक केन्द्र सिहंदरवार अगाडी रहेको उहाँको सालीकमा श्रद्धासुमन सहित माल्यापर्ण गर्ने कार्यक्रमा सहभागी हुन समेत आव्शान गर्नुभएको छ।