शुक्रबार, चैत्र १६, २०८०

सत्ता गठबन्धनदलको न्यूनतम् साझा कार्यक्रम शनिबार सार्वजनिक गरिने

काठमाडौं पुस २२, 
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको मौजुदा सत्ता गठबन्धनदलको न्यूनतम् साझा कार्यक्रम शनिबार सार्वजनिक हुने भएकोछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएसंगै शनिवार शीर्ष नेताको बैठकले अनुमोदन गर्ने र त्यसपछि न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बताइएकोछ ।

प्राप्त जानकारी अनुसार न्यूनतम् साझा कार्यक्रममा विकास र परिवर्ततको आभाष सहित जनमुखी कार्यक्रमलाइ प्राथमिकिकरण गरिएको थाहा भएको छ। सत्ता साझेदार दलको न्यूनतम् साझा कार्यक्रम बनाउन मस्योदा कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट महामन्त्री मुकुल  ढकाल, राप्रपाबाट धवलशम्शेर राणा सदस्य रहनु भएको छ।