शुक्रबार, चैत्र १६, २०८०

सर्वदलीय बैठक: प्रतिनिधिसभाको पुस २५ को पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

माघ ७ मा सभामुख र ९ मा उपसभामुखको निर्वाचन

काठमाडौं पुस २२,
प्रतिनिधिसभाको पुस २५ गते दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ ।

पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज वोलाउनुभएको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय संगै बैठकको प्रारमभमा राजनीतिक दलका शीर्ष नेताको सम्बोधनको कार्य सूची तय गरेको हो ।

त्यस्तै बैठकले पुस २६ मा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मतका लागि गर्नुहुने प्रस्ताव टेवल समेत पुरानै नियमावलीअनुसार नै प्रक्रिया अगाडि बढाउने विषयमा सहमति कायम गरेको छ।

त्यस्तैगरि बैठकले प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्ने सहमति कायम गरेको छ ।