बिहिबार, चैत्र १५, २०८०

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्दारा प्रदेशमा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान

काठमाडौं पुस २१ ,

नेपालको संविधान संविधानको धारा १६८ को उपधारा २ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पाँच दिने समयसिमा अर्थात पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभएको हो । स्मरण रहोस प्रदेशसभामा कूल एक सय १० सदस्यको प्रतिनिधत्व रहेका छन ।

यसैवीच गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।स्मरण रहोस प्रदेशसभामा कूल एक सय ६० सदस्यको प्रतिनिधत्व रहेका छन ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ ।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी सूचनामा उल्लेख गरिएको छ । स्मरण रहोस,  प्रदेशसभामा कूल एक सय ८७ सदस्यको प्रतिनिधत्व रहेका छन ।

लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । सरकार गठनका लागि ४४ जना सदस्य आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा एमालेका २९ जना ,कांग्रेसका २७ ,माओवादी केन्द्रका ९ ,नाउपा ४ ,राप्रपा ४, जनमतपार्टी ३ , जसपा ३, लोसपा ३ नेकपा एस १र राजमोका १ संगै स्वतन्त्र ३ सदस्य रहेका छन ।