बुधबार, बैशाख १२, २०८१

राहदानी विभागको सिस्टममा समस्या, अर्को सूचना जारी नहुँदासम्मका लागि राहदानी वितरण बन्द

काठमाडौं पुस १९,
राहदानी विभागको सिस्टममा समस्या आएसंगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको विभागले जनाएको छ

विभागका निर्देशक द्रुपदा सापकोटाले आज एक सूचना जारी गर्दै पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आएको सिर्जित समस्याका कारण राहदानी वितरण बन्द भएको र अर्को सूचना जारी नहुँदासम्मका लागि राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको हो ।
त्यस्ते राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन जारी सूचना मार्फत सेवाग्राहीलाइ आग्रह गरिएको छ ।