बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज सरकारका सचिवहरूलाई विशेष निर्देशन दिने

 काठमाडौं पुस १९,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको तर्फबाट सम्पादन हुन पर्ने कारकारावहीको विषयमा नेपाल सरकार सचिवहरूलाई विशेष निर्देशन तयारी भएको छ।

आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गर्नुभएका प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिदै सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाएर यसवीचमा सम्पादन हुँदै आएको मन्त्रालयको कामकारबाहीबारे जानकारी लिनुभएको थियो ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको कामकारबाही जानकारी लिदै गर्दा विभिन्न मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयका इस्यूहरू र आफूले भोग्नु परेका समस्याबारे प्रम प्रचण्ड समक्ष ब्रिफिङ गरेका थिए । यसवीचमा सबै मन्त्रालयको ब्रिफिङ सकिनसकेका कारण आज बाँकी मन्त्रालयको ब्रिफिङ सकेलगत्तै प्रधानमन्त्रीले सरकारका सचिवहरूलाई विशेष निर्देशन दिने तयारी भएको हो ।