शनिबार, बैशाख ८, २०८१

पोलिटब्युरो बैठक: प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने द्दिविधामा नेकपा एस 

काठमाडौं पुस १९,
नेकपा एकीकृत समाजवादी सोमबारबाट सुरु भएको पोलिटब्युरो  बैठकमा वोल्ने अधिकांश सदस्यहरुले मुलुकमा  पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम अनुसार  वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा सङ्गठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सदस्यहरूबाट समान धाणा अभिव्यक्त भएको जानकारीदिनुभयो ।

साथै उहाँँले बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा समेत छलफल भएको जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाइ समर्थन गर्ने कि नगर्ने विषयमा समेत छलफल भएपनि कुनै नितिगत निर्णय भइनसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने द्दिविधा सिर्जना भएको बताउनुभयो ।    बैठक  आज पनि जारी रहने बताउनुभयो ।