बिहिबार, बैशाख १३, २०८१

एनआइसी एसियाको एटिएम फोड्दै गरेका मगर पक्राउ

काठमाडौं पुस १८,
चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।