बुधबार, बैशाख १२, २०८१

वातावरण अधिकृत चौधरीसहित तीन जनामाथि तीन करोड भ्रष्टाचारको मुद्दा दायर

 काठमाडौं पुस १४ ,
अख्तियार दुरुपयोग अनुसन्धानआयोगले झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा चौधरीसहित मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सव–इन्जिनियर विवेक कार्की र ठेकेदार किशन एण्ड विल्डर्स प्रा. लि.का सञ्चालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीमाथि कार्कीमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार आरोपित चौधरी र कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुँदा अनुमतिप्राप्त भन्दा बढी उत्खनन् गर्ने कार्यलाई समयमै नियन्त्रण गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा त्यसो नगरी आफू कानूनी जिम्मेवारीबाट विमुख भै नगरपालिकालाई प्राप्त हुने राजस्व रकम हानिनोक्सानी हुने कार्य गर्दै उत्खनन् बापतको रु ३ करोड $$ लाख ! हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) बमोजिम बिगो अनुसार जरिवाना र ३(१)(झ) बमोजिम कैद सजाय हुन एवं हानिनोक्सानी भएको उक्त बिगोसमेत निजहरुबाट सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी सहित मुद्दा दायर गरिएको जनाएको छ।