बिहिबार, बैशाख १३, २०८१

अमेरिका पठाईदिन्छु भन्दै १ करोड ६२ लाख रकम ठगी गर्ने थापा प्रहरी हिरासतमा

 काठमाडौं पुस १४ ,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका १ कुपोण्डोल घर भइ हाल बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर  र हङकङ आईडी समेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई प्रहरीले काठमाडौं महानगरपालिका २६ लैनचौरबाट पक्राउ गरेको जनाउँदै निजउपर थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु चलान गरिएको जनाएको छ ।