शुक्रबार, बैशाख १४, २०८१

राप्रपा कार्यसम्पादन समितिको बैठक: सरकारमा सहभागी हुने निर्णय

काठमाडौं पुस १३ ,

राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सरकारमा सहभागी हुने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

यसवीचमा सरकारलाइ समर्थनमात्र नभइ सरकारमा समेत सहभागी हुनुपर्ने प्राप्त सुझावसंगै आजको कार्यसम्पादनसममितिको बैठकमार्फत राप्रपाले सरकारमा जाने निर्णय गरेको हो ।

यद्यपी बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । स्मरण रहोस , संघीय संसदमा राप्रपाको तर्फबाट १४ सदस्य रहेका छन् ।