शनिबार, बैशाख ८, २०८१

पुस २५ का लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने मप बैठको निर्णय

काठमाडौं पुस १२,

नेकपा माओवादी नेतृत्वको सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था अनुसार सोमबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले तत्कालका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाइ सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने छन्।