शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए शपथ,आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं पुस ११,
नेपालको संविधानको धारा ७६ २ अनुसार प्रधानमन्त्री नियुक्त हुन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुलुकको ४४ औं प्रमको रुपमा तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हो ।

प्रधानमन्त्री प्रचण्डको सपथसंगै उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले पनि शपथ लिएका छन् ।

त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिनुभएको  छ । यसरीआज शपथ लिनुभएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा एमालेबाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायत नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930