बिहिबार, चैत्र १५, २०८०

काँग्रेसमा असफल नेतृत्व र म्याम राजनिति हावी भएसंगै भुईंको टिप्न खोज्दा, पोल्टाको समेत गुमाए

काठमाडौं पुस ११,

नेपाली कांग्रेसको नेतृत्वको नियतमा देखिएको दम्भसंगै निहित स्वार्थका कारण सभापति शेरवहादुर देउवा असफल नेतृत्वको परिचायक सावित भएकोछ । सभापति देउवाले मौजुदा सत्ता गठबन्धनको मर्मको वर्खिलाप प्रदर्शन गरेको नितान्त व्यक्तिगत स्वार्थ सहितको नियतका कारण प्राप्त अवसरमा मात्र गुमेको छैन सङ्घीय र प्रदेशको चुनावमा राम्रो नतिजा ल्याएर पनि कतै केही नपाउने गरि रिङ्ग आउटको स्थिति व्यहोर्नु परेको छ।

कांग्रेस सभापतिको टोलीले पछिल्लो समय संविधानको धारा ७६ [२] अनुसार सरकार बन्न सक्दैन र ७६ [३] अनुसार सबैभन्दा ठूलो दलको रूपमा सरकार बनाउन पाइन्छ भन्ने सोच अनुसार प्रदर्शन गरेको दम्भका कारण राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख–उपसभामुखलगायत सङ्घीय मन्त्रीमण्डल र प्रादेशिक मन्त्री मण्डलमा सजिलै आफ्नो भाग पाउने अवसर समेत गुमाएकोछ ।

यसवीचमा सभापति देउवाका पत्नी आरजू राणा संगै निर्वतमान गृहमन्त्री वालकृष्ण खानका पत्नी मन्जु खान, पार्टी प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको अनावश्यक चलखेलसंगै निकम्मा पनका कारण काँग्रेसले यस किसिमको नियति देख्नु परेको हो । यसवीचमा यी चरित्रहरुले देखाएको रवैयाका कारण कांग्रेसको अस्तित्व नै सङ्कटमा परेको छ । यहाँसम्मकी बालुवाटारमा पछिल्लो समयमा हुने गरेको गतिविधिमा केन्द्रीय सदस्य आरजू राणा नै सक्रिय रहनु कांग्रेसका लागि घातक साबित भएको छ ।

त्यस्तै यसवीचमा सभापति देउवाले पार्टीका पदाधिकारीहरूको सुझावलाइ उपेक्षा गर्नु पार्टी उपसभापति धनराज गुरुङ, प्रभावशाली महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतसँग छलफल गर्न पनि आवश्यक नठान्नु सभापति देउवा उनको कोठरी टोलीको नियतसंगै यसवीचमा सिर्जित राजनैतिक आरोह अवरोहको अलाप आँकलनमा सुझबुझको निति स्वीकार गर्न नक्सक्दा र पछिल्लो समय म्याम राजनितिको हावीसंगै काँग्रेसले भुईंको टिप्न खोज्दा, पोल्टाको समेत गुमाएका छन ।