बिहिबार, बैशाख १३, २०८१

 नवनियुक्त नेपालका प्रम  प्रचण्डलाइ भारतीय समकक्षी मोदीले बधाई दिदै  भने- म तपाईँसँग मिलेर काम गर्न तत्पर छु

 काठमाडौं पुस ११,
नेकपा एमाले सहित ७ दलको समर्थनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्ति भएसँगै नेपालका नवनियुक्त प्रधानमन्त्री प्रचण्ड लाइ प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले शुभकामना सहितको बधाई दिँदै आफू मिलेर काम गर्न तत्पर रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो समाजीक सञ्जाल ट्विटर मार्फत दिनुभएको शुभकामना सन्देशमा लेखेका छन्, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नु भएकोछ ।

साथै भारतीय प्रम मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको जिकिर गर्नुभएकोछ ।