शुक्रबार, बैशाख १४, २०८१

नेकपा एस र माओवादीवीचको सम्बन्धमा दरार, प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय

काठमाडौं पुस ११,
मौजुदा ५ दलीय काँग्रेस नेतृत्वको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सहित ७ दलको समर्थनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्ति भएसँगै माओवादी र नेकपा एकीकृत समाजवादीवीचको सम्बन्धमा दरार आएकोछ ।

नेकपा एसको आइतवार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता प्राप्तिका लागि गरेको निर्णय प्रति असहमति प्रकट गर्दै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आजकै मितिबाट नेकपा एस र प्रचण्डसँगको सहकार्य विच्छेद भएको जनाउ सहित एकपटक पनि शिर्ष नेतृत्वसंगै सल्लाहनै नगरि एमालेसँग सहकार्यका लागि प्रचण्ड बालकोट गएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले रोष व्यक्त गर्नुभएको थियो ।