बिहिबार, चैत्र १५, २०८०

नयाँ मन्त्रीमण्डल विस्तारको खाका बनाउँन माओवादी केन्द्रको बैठक बस्दै

 काठमाडौं पुस ११,

नेकपा एमालेको समर्थनमा पार्टी अध्यक्ष प्रचण्ड मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्ति भएसँगै आज विहान ८ बजेबाट पार्टी कार्यालय पेरिस डाँडामा नेकपा माओवादी केन्द्रको बैठक जारी रहेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतका पदाधिकारीहरूको उपस्थिति आजको बैठकले अपरान्ह हुने प्रमको सपथ ग्रहण एवम् मन्त्रीमण्डल विस्तार लगायतका विषयवस्तु केन्द्रीत हुँदै आवश्यक रणनिति तय गर्ने बताइएकोछ ।

पार्टी प्रचण्ड आइतबार एमालेसहित , रास्वपा , राप्रपा, जसपा , जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रममा नियुक्त भएको हो ।