शनिबार, बैशाख ८, २०८१

मुलुकको व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा पत्रकारिता जगतको योगदान महत्वपूर्ण: राष्ट्रपति

 काठमाडौं पुस ८,
नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनसत्रलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित केन्द्रीय साधारण सभाको उद्य्घाटनसत्रमा प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा जोड दिदै उहाँले प्रेस जगतले पनि आफ्नो मर्यादा भुल्न नहुनेमा भन्दै पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व सभापतिद्वय हरिहर विरही किशोर नेपाल कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलसंगै प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा २६ जना पत्रकारलाइ प्रेस स्वतन्त्र सेनानी सम्मान सहित वरिष्ठ पत्रकार गोविन्द पोखरेललाइ गोविन्द वियोगी स्मृति पुरस्कार , गौरी कठायत स्मृति पुरस्कार सुर्खेतका माया थपालाइ र कृष्ण प्रसाद भट्टराइ राष्ट्रिय पुरस्कारबाट धमेन्द्र झालाइ कृष्णसेन स्मृति पुरस्कार लम्जुकी कमला केसीलाइ उमा सिंह स्मृति पुरस्कार रोल्पाकी प्रतिज्ञा बुढालाइ प्रदान गरिएकोे थियो ।