शनिबार, बैशाख ८, २०८१

६ दलका १६६ जना सांसदको समर्थनसहित प्रचण्ड नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त , सोमबार अपरान्ह शपथ

 काठमाडौं पुस १०,

नेकपा एमालेको समर्थनमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति सहित नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको दावी अनुसार राष्ट्रपति भण्डारीले नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सहित ६ दलका १६६ जना सांसदको समर्थनसहित पेह गरिएको दावी अनुरुप तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनभएको हो ।

प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले समर्थन गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको प्रचण्डसंगै पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको जानकारी दिएका  छन । समाचार स्रोतका अनुसार सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने संभावना रहेको बुझिएको छ ।