मङ्लबार, बैशाख ११, २०८१

आधा कार्यकाल अर्थात आलोपालो सरकार सञ्चालन गर्ने सहमति सहित प्रममा प्रचण्डलाइ एमालेको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति तोडेको प्रचण्डको आरोप

काठमाडौं पुस १०,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीको सहितका अन्य बाँकी दलको समर्थनमा प्रधानमन्त्री बन्न लागेको हो।

यसअघि बसेको नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको मौजुदा ५ दलिय गठबन्धनवीच सत्ता बाँडफाँटका प्रसंगमा कुरा नमिले पछि ओली निवास बालकोट पुगेका प्रचण्डालाइ आधा कार्यकाल अर्थात आलोपालो सकार सञ्चालन गर्ने सहमति सहित नयाँ प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका प्रचण्डले आफुलाइ एमालेको समर्थन प्राप्त भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति तोड्दा नयाँ परिस्थिति आएको जनाउ सहित राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी कायमै राखेपछि माओवादीले एमालेसँग सहकार्यको लागि मार्ग प्रसस्त गरेको बताएका छन ।