शुक्रबार, बैशाख १४, २०८१

टुट्यो मौजुदा गठबन्धन , एमाले सहित १६९ सांसदको समर्थन प्रममा माओवादी अध्यक्षले गर्यो प्र.म.को दाबी

काठमाडौं पुस १०,
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिनुभएको समय सिमा अनुरुप प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको सहित नेकपा माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको मौजुदा ५ दलिय गठबन्धनवीच सत्ता बाँडफाँटका प्रसंगमा कुरा नमिले पछि नेकपा एमालेको समर्थनमा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा प्रचण्डले एमाले केपी ओली, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठसंगै स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ प्रधानमन्त्री बनाउँन राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्रतर्फबाट निर्वाचित ३ सांसदले समर्थन गरेकाछ ।