शनिबार, बैशाख ८, २०८१

ओमिक्रोनको सब भेरियन्ट बिएफ ७ नेपालमा नभेटिए पनि सतर्क रहन मन्त्रालयको आग्रह

काठमाडौं पुस ७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड भाइरसको सङ्क्रमणदर कम हुँदै गए पनि विश्वव्यापी रूपमा केही देशमा सङ्क्रमणका नयाँ स्वरूपमा कोभिड जोखिम बढी रहेकाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपनाउन आग्रह गर्दै पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बि.एफ.७ नेपालमा भेटिएको पुष्टि नभएपनि समयमानै सचेत हुँदै सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमूनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमूनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ ७ भने नभेटिए पनि कोभिड भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध समेत गरेको छ ।