शुक्रबार, बैशाख ७, २०८१

२६ जना संसद सदस्यले आज १४ फरक–फरक मातृभाषामा शपथ लिदैँ

 काठमाडौं पुस ७,
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै सचिवालयले शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको र बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहने जनाएको छ।

साथै आज हुने शपथग्रहणको क्रममा १४ फरक–फरक मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ रहेको जानकारीदिदै संसद सचिवालयले सपथलगत्तै संघीय संसदका नवनिर्वाचित सदस्यहरूको औपचारिक रूपमा कार्यकाल सुरु हुने जनाउसंगै यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस नगरे पनि पुसको दोस्रो सातासम्म अधिवेशन आह्वान हुने अनुमान सहित सचिवालयले अधिवेशनको लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जनाएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930