बिहिबार, बैशाख १३, २०८१

आज संघीय संसदका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिदै

काठमाडौं पुस ७,
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरालाइ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ दिलाउँनुभउको थियो ।

त्यस्तै  आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने भएकोछ । त्यस्तै शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । त्यसपछि चियापानको कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यसअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक बोलाएका छन् । संसद संचालनका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् ।