शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवा निर्वाचित

 काठमाडौं पुस ६,
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लापगि आज भएको निर्वाचनमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन समतिले घोषणा गरेको मत परिणाम अनुसार ६४ मतसहित सभापति देउवा निर्वाचित दलको नेतामा निर्वाचित हुँदै गर्दा उहाँका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको थियो ।

आज बिहान ८ बजेदेखि १० बजेसम्म भएको भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट संघीय संसदमा निर्वाचित ८९ जना संसद सदस्यले मतदान गर्नुभएको थियो ।