बिहिबार, बैशाख १३, २०८१

जबरजस्ती करणीको अभियोगमा महमद आरिफ शेख पक्राउ

भक्तपुर पुस ५ ,
प्रहरी वृत्त ठिमीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका ६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका ४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा थप हो अनुसन्धान भइरहेको जनाएको छ।