काठमाडौं पुस ४,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकले नेपाललाइ सर्वसम्मत दलको नेता चयन गरेको हो ।
त्यस्तै दलको उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन गरेको छ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन ।