बिहिबार, बैशाख १३, २०८१

संघीय संसदका नवनिर्वाचित सदस्यको शपथ बिहीबार

काठमाडौं पुस ४,

संघीय संसदका नव निर्वाचित सदस्यको शपथ पुस ७ गते हुने संसद् सचिवालयले जनाएको छ।

सचिवालयले नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम हुने जानकारस् दिदै निर्वाचित संसद सदस्यमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था रहेको छ ।

त्यस्ते सचिवालयले सपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ ।

राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत आग्रह संगै आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन समेत भनेको छ।