बुधबार, बैशाख १२, २०८१

कतार विश्वकपको उपाधिसंगै अर्जेन्टिनाको विश्वपमा तेस्रोपटकको वर्चश्व

काठमाडौं पुस ४,

कतार जारी विश्वकप फुटबल अन्र्तगत आइतवार भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बनेको हो । यसअघि सन् १९८६ र सन् १९७८ मा गरि दुइ पटक विश्वकपको उपाधि जितेका अर्जेन्टिनाले यो समेत तेस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको हो ।

आइतवारको खेलमा निर्धारित खेलमो पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको अर्जेन्टिना विरुद्ध खेलको दोस्रो आफमा फ्रान्सका किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरेको हो । त्यसपछि भएको खेलको १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । यसरी दुवै टिमबाट भएको थप गोलपछि दुवै टोली ३–३ को बराबरी संगै खेल अतिरिक्त समयमा पुगेको र यसवीचमा कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।

तर विश्वकप उपाधीका ालगि भएको पेनाल्टी सुटआउटको क्रममा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–२ ले विजयी बुँदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । फ्रान्सले पहिले पेनाल्टी हान्यो । केलियन एम्बाप्पेले गोल गरे । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पनि गोल गरे । फ्रान्सको दोस्रो प्रहार रोकियो । किंग्सले कोमान गोल गर्न चुके । अर्जेन्टिना भने गोल गर्दै २–१ ले अगाडि रह्यो । पाउलो डाइबालाले गोल गरे । तेस्रो प्रहारमा फ्रान्स चुक्यो । टोचुमेनीले गोल गरेनन् । लेन्द्रो पेरेडेसले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को स्थितिमा ल्याए । चौथो प्रहारमा फ्रान्सले गोल गर्यो । रान्डाल कोलो मुआनीले गोल गरे । अर्जेन्टिनाका गोन्जालो मोन्टेलले पनि गोल गर्दै पेनाल्टीमा ४–२ ले टिमलाई जिताउँन सफल भएको हो ।