शनिबार, बैशाख ८, २०८१

यस्तो छ संघीय सदस्य सदस्यमा प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट निर्वाचित २७५ सदस्यका सूची

काठमाडौ पुष १,
निर्वाचन आयोगले विहिवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा निर्वाचन २०७९ को परिणामसहितको निर्वाचन प्रतिवेदन बुझाएको छ। आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो। आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको उक्त प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ। निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने छ।

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन मार्फत संघीय संसदमा नेपाली कांग्रेसले प्रत्यक्ष  समानुपातिक निर्वाचन प्रणलीमार्फत ८९ सिट प्राप्त गर्दै ठूलो दल बनेको छभने , नेकपा एमालेले ७८, नेकपा माओवादी केन्द्रले बाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टीले र राष्ट्रिय जनमोर्चाको तर्फबाट १र१ जना संसद सदस्यले संसदमा प्रतिनिधित्व गर्ने भएको छ । यस्तै ५ जना स्वतन्त्र सांसदहरु क्रमस अमरेशकुमार सिंह, प्रभु साह, योगन्द्र मण्डल, किरणकुमार साह, लालवीर चौधरी समेत निर्वाचित भएका छन्।

आयोगको अन्तिम प्रतिवेदनमा उल्लेखित संघीय संसद सदस्यको सूची यस्तो छ ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित ८९ संसद सदस्यको नामावली : 

विश्वप्रकाश शर्मा, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ, दिपक खड्का, रामहरि खतिवडा, नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, पूर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, उदय शमशेर राणा, दुर्लभ थापा, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगन थापा, प्रदीप पौडेल, राजनकुमार केसी, अर्जुननरसिंह केसी, मोहन आचार्य, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, शशांक कोइराला, विष्णु कुमार कार्की, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सञ्जयकुमार गौतम, किशोरसिंह राठोर, विनोद चौधरी, पूर्णबहादुर खड्का, हृदयराम थानी, दिक्पालकुमार शाही, ऐनबहादुर शाही, शेरबहादुर देउवा, एनपी साउद, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डे, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, विमलेन्द्र निधि, प्रकाशसरण महत, जीवन परियार, सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन रहेका छन ।

नेकपा एमालेबाट निर्वाचित निर्वाचित ७८ संसद सदस्यको नामावली : 

योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, सुवास नेम्वाङ, महेश बस्नेत, देवराज घिमिरे, एलपी साँवा, केपी ओली, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, राजेन्द्र राई, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, रघुविर महासेठ, लक्ष्मी महत्तो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, राजकुमार गुप्ता, गोकुल बाँस्कोटा, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, महेशकुमार बर्तौला, पृथ्वी सुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्ण विष्‍ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, छविलाल विश्वकर्मा, विष्‍णु प्रसाद पौडेल, बासुदेव घिमिरे, टोपबहादुर रायमाझी, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सूर्य थापा, सूर्यप्रसाद ढकाल, तारा लामा तामाङ, दामोदर भण्डारी, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आस्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर विक, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, सराज अहमद फारुकी रहेका छन ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३२ संसद सदस्यको नामावली :

अमनलाल मोदी, सुदन किराँती, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, गंगा कार्की, माधव सापकोटा, सुर्यमान दोङ, हितबहादुर तामाङ, पुष्पकमल दाहाल प्रचण्ड, देवेन्द्र पौडेल, वर्षमान पुन, रेखा शर्मा, पूर्णबहादुर घर्तीमगर, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, छिरिङ डम्डुल लामा, महेन्द्रबहादुर शाही, दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्हामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रूपा सोसी चौधरी, रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, कल्पना मियाँ, उमरावतीदेवी यादव  रहेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित निर्वाचित २० संसद सदस्यको नामावली : 

तोसिमा कार्की, सविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, रवि लामिछाने, ढाकाकुमार श्रेष्ठ, चन्दा कार्की, डोलप्रसाद अर्याल, असिम शाह, लक्ष्मी तिवारी, इन्दिरा रानामगर, मनीष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, निशा डाँगी, सन्तोष परियार, शिव नेपाली, विनीता कठायत रहेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित १४ संसद सदस्यको नामावली :

राजेन्द्र लिङदेन, दिपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवल शमशेर, ध्रुबबहादुर प्रधान, ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, बिना लामा, पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, अनिशा नेपाली, बिना जैसवाल रहेका छन ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित निर्वाचित १० संसद सदस्यको नामावली :

माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, अम्मरबहादुर थापा, धनबहादुर बुढा, भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रेमबहादुर आले

जनता समाजवादी पार्टीबाट निर्वाचित निर्वाचित १२ संसद सदस्यको नामावली :

अशोक कुमार राई, नवलकिशोर साह, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव, प्रदीप यादव, प्रकाश अधिकारी, रेखा यादव थापा, सुशीला श्रेष्ठ, रञ्जुकुमारी झा ठाकुर, शहनाज रहमान

 जनमत पार्टीबाट निर्वाचित निर्वाचित ६ संसद सदस्यको नामावली :

सीके राउत, अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमालाभ सापकोटा, अब्दुल खान

 लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित ४ संसद सदस्यको नामावली :

महन्थ ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित ३ संसद सदस्यको नामावली :

रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम चौधरी

नेपाल मजदुर किसान पार्टी  प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा:  चित्रबहादुर केसी

स्वतन्त्र संसद सदस्यको हैसियतमा निर्वाचित ५ संसद सदस्यको नामावली : 

अमरेशकुमार सिंह, प्रभु साह, योगन्द्र मण्डल, किरणकुमार साह, लालवीर चौधरी  रहेका छन ।