बिहिबार, चैत्र १५, २०८०

मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा

 काठमाडौं मंसिर २९,
कतारमा जारी विश्वकप फुटबलको खेलको गएराती भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्स मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

खेलको शुवाती चरणमा पहिलो गोल गर्दै अग्रता लिएको फ्रान्सले खेलको ७९ औं मिनेटमा दोस्रो गोल गरेका थिए। अवको चरणमा फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।