बिहिबार, बैशाख १३, २०८१

नागरिकता प्रकरण: रास्वपाका अध्यक्ष लामिछाने विरुद्ध सर्वोच्चमा रिट दायर

 काठमाडौं मंसिर २८,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकोछ । गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचनमार्फत चितवन क्षेत्र नम्बर २ बाट संघीय संसद सदस्यमा निर्वाचित लामिछानेको नागरिकता विवाद नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग सहित सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

त्यस्तै दायर रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले मुलुकको संविधानको व्यवस्थाको वर्खिलाप अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गर्नुको अलावा भुलभूलैया सहित उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित समेत भएको जिकिर सहित उनको सांसद पद र पार्टी सभापति खारेज गर्न माग गरिएको छ ।

Ravi Lamichhhane(3)

रिट निवेदक युवराज सफलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत विपक्षी बनाएका छन् ।