शुक्रबार, चैत्र १६, २०८०

आयोगले आज आम निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै

बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने आयोगको तयारी

काठमाडौं मंसिर २८,
निर्वाचन आयोगले आज गत मंसिर ४ गते सम्पन्न्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आयोगले निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन मार्फत अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

साथै आज आयोगले अन्तिम नतिजा घोषणा गरेसैगै बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने जानकारी दिएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रियाको मार्ग प्रसस्त हुनेछ ।

सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छभने मुलुकको सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएको आयोगले जनाएको छ । प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने संबैधानिक व्यवस्था रहेको छ ।