बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चका निलम्बित प्रन्या जबराले आजबाट अनिवार्य अवकाश लिदैं

 काठमाडौं मंसिर २७,
२०७५ पुस १८ गते पद तथा गोपनियताको शपथ संगै सर्वोच्चको प्रधानन्यायाधीशको जिम्मेवारी प्राप्त गर्नुभएका निलम्बित प्रन्या चोलेन्द्रशमशेर जबराको आजदेखि सेवा अवधी सकिएको छ।

यसवीचमा प्रन्या जवराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्तावसंगै निलम्बित भएका प्रधानन्यायाधीश जवरा विरुद्धको महाअभियोग निष्प्रभावी प्रकरण देखि अनेकन फन्दाका वीच प्रन्या जबराले आजबाट अनिवार्य अवकाश पाएको हो ।

 प्रन्या जबरा निलम्बनमा परेपछि सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कार्य सम्पादन गर्दै आउनुभएको छ।