बिहिबार, बैशाख १३, २०८१

एकीकृत भन्सार जाँच केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाइने

पर्सा मंसिर २७,
नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्रलाई थप सशक्त एवम् प्रभावकारी बनाउनने भएको छ।
पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा आज आयोजित अन्तरक्रिया मार्फत नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने नितिगत सहमति कायम गरिएकोछ छ ।

त्यस्तै  सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारवाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  रवीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रकाअधिकृतहरूको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930