बिहिबार, बैशाख १३, २०८१

प्रत्यक्षमा भन्दा समानुपातिकतर्फको मतदानमा बदर मत बढी : आयोग

 काठमाडौं मंसिर २६,
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ भन्दा समानुपातिक प्रणालीतर्फ भएको मतदानमा बदर मतको सख्या बढी रहेको जनाएको छ।

 आयोगले सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर हुँदै गर्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको जनाएको छ ।

त्यस्ते प्रदेशसभासदस्यतर्फ पनि प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ३१ प्रतिशत मतदान भएकोमा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको जनाउ रहेको छ ।