बुधबार, बैशाख १२, २०८१

आम निर्वाचन लक्षित निर्वाचन आचारसंहिता ०७९- सोमवारबाट फुकुवा हुने

 काठमाडौं मंसिर २५,
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित हुँदै निर्वाचन आयोगले असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि हट्ने जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी सहतिको पत्राचार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइ सकेको जानकारीदिनुभएकोछ ।