बुधबार, बैशाख १२, २०८१

समानुपातिकतर्फ समावेशी समूह सच्याएर नाम सिफारिस गर्न आयोगले गर्यो पुन पत्राचार

काठमाडौं मंसिर २५,
निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन पुन पत्राचार गरेको छ ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस सहति २४ गते दलहरूले नमावली सिफारिस गरेका कतिपय नामावलीमा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको पाएसंगै आयोगले यस किसिमको पत्राचार गरेको हो ।

दुई दिने समय सिमा सहितको पत्राचार गर्दै आयोगले दलहरूले मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउन समेत भनेको छ ।